वाङ्मय शताब्दी पुरुष जोशीलाई नगेन्द्रप्रसाद–आशालता पुरस्कार प्रदान
dcnepal.com · Sat Mar 20 17:13:43 GMT 2021
काठमाडौं । नेपाली वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘नगेन्द्रप्रसाद–आशालता भाषा, साहित्य र संस्कृति’ पुरस्कार प्रदान गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले शनिबार आयोजित समारोहमा नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा विशिष्ठ योगदान पुर्याएवापत उनलाई उक्त पुरस्कार प्रदान गरे। पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल र उनकी धर्मपत्नीका नाममा रहेको नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले स्थापना गरेको उक्त पुरस्कारको राशी रु एक लाख एक हजार १११ नगद र सम्मानपत्र रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)