जुम्लामा कर्णाली जात्रा धुमधामले सम्पन्न
nagariknews.nagariknetwork.com · Sun Aug 17 16:31:19 GMT 2025

जुम्लाको सदरमुकाम खलंगामा पाँच दिनसम्म सञ्चालन भएको कर्णाली जात्रा सकिएको छ। गत साउन २५ गतेदेखि सुरु भएको जात्रा आइतबार सकिएको हो। तामझाम र बाक्लो उपस्थितिमा माझे लाखे काटेर रथयात्रा गरेपछि जात्रा विधिवत् रूपमा सकियो।
वि.सं. १९५३ देखि सुरु भएको नेवार संस्कृतिको जात्रा सम्पन्न भएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष अशोक श्रेष्ठले बताए। प्रतिपदाको दिन सुरु हुने जात्रा नवमीको दिन लाखे काटेर सम्पन्न हुने उनले बताए। जुम्लामा गाँठे मंगल (घण्टाकर्ण) देखि लाखे नचाउने र देउडा खेल्ने चलन छ। यो संस्कृति विशेष गरी मल्लकालीन सभ्यताबाट सुरु भएको किंवदन्ती छ। त्यस सभ्यताले जन्माएको संस्कृति मुलुकका धेरै जिल्लामा वर्षेनी धुमधामसँग मनाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)