क्षितिज भण्डारीले गरे काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा
hamrakura.com · Fri Nov 26 00:00:00 GMT 2021
धनगढी। नेपाली काँग्रेसका नव निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी सङ्घका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्ष क्षितिज भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
नेता भण्डारीले शुक्रवार नेपाल–भारत सीमा क्षेत्र रहेको गौरीफन्टा नाका नजिकैको जंगे पिल्लर नबर ७५३/१७१ लाई साक्षी राखेर आफूले राष्ट्र र राष्ट्रियताका पक्षमा सदैव वकालत गर्ने बताए । साथै नेता भण्डारीले कैलाली र कञ्चनपुरको सीमा क्षेत्रबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)