मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वडा सदस्य नै धर्नामा

rajdhanidaily.com · Thu Jan 18 23:35:48 GMT 2024

राजविराज । राजविराज नगरपालिकाको मुख्य बजारमा वर्षौंदेखि घर तथा खाली जग्गामा भएका हजारौं परिवार बसोबास गर्छन् । बाबुबाजेको पालादेखि रहेको आफ्नो जग्गाको लालपुर्जा नहुँदा समस्या पर्दा बिक्रीवितरण गर्न र बैंकमा राखेर ऋण समेत लिन नसकेको स्थितिमा पुग्दा उनीहरू चर्काे ब्याजदरमा व्यक्तिसँग ऋण लिन बाध्य भएका छन् ।

यिनै मुद्दालाई प्राथमिकतामा राख्दै विभिन्न ७ बुँदे मागसहित आन्दोलनरत वडा सदस्यले बिहीबार राजविराज नगरपालिकामा एकघन्टे धर्ना दिएका छन् । ७ दिनअघि ७ बुँदे माग राख्दै कार्यवाहक नगर प्रमुख इसरत परवीनलाई ७ दिने अल्टिमेटमसहित बुझाइएको ज्ञापनपत्रउपर खासै पहल नगरेको देखिएकाले बाध्य भई धर्ना कार्यक्रम सुरु गरिएको संघर्ष समितिका संयोजक रामानन्द देवले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)