मलयालम अभिनेता सलीम कुमारको निधन
nagariknews.nagariknetwork.com · Sun Jun 07 08:27:03 GMT 2026

मलयालम अभिनेता सलीम कुमारको ५६ वर्षको उमेरमा कार्डियाक अरेस्ट (हृदयाघात) का कारण निधन भएको छ।
राष्ट्रिय पुरस्कार विजेता सलीमको शनिबार राति निधन भएको हो। उनलाई केरलको कोच्चीस्थित अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो। आइतबार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सार्वजनिक स्थलमा राखिने र आइतबार नै उनको निवास क्षेत्रमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)