मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जटिल बन्दै मुख स्वास्थ्य : गुलियो र पत्रु खानाबाट दाँत जोगाउन सुझाव

gorkhapatraonline.com · Wed Mar 20 00:29:42 GMT 2024

काठमाडौँ, चैत ७ गते । भक्तपुरको एक निजी विद्यालयमा कक्षा ३ मा अध्ययनरत सौरभ अवाल (नाम परिवर्तन) का दाँत काला भइसकेका छन् । दाँतमा किराको समस्याले गर्दा उहाँलाई विद्यालय छोडेर दन्त चिकित्सककहाँ पु र्‍ याउनु परेको छ । चिकित्सकले गुलियो पदार्थ र जङ्क फुड (पत्रु खाना) नखान बारम्बार सुझाव दिइरहे पनि उहाँलाई गुलियो खानेकुराबाट रोक्न सकिएको छैन ।

सानैदेखि गुलियो खाने बानी परेकाले छोराका सबै दाँत बिग्रिएको सौरभकी आमाले बताउनुभयो । उहाँले भन्नुभयो, “आरसिटीलगायतको स्थायी उपचार गर्न पनि मुस्किल छ, दाँतको उपचार अरू रोगको उपचारभन्दा महँगो पनि रहेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)