मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त
ratopati.com · Sun Aug 17 18:03:00 GMT 2025

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख रहेका थिए । नवनियुक्त निर्देशक दासले आइतबार कार्यकारी निर्देशकको पद बहाली गरेका छन् ।
त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक ई. रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उप महानिर्देशकमा नियुक्त गरिएको छ । विभागको परिवर्तित स्थायी संरचनाअनुसार तीन जना उप महानिर्देशकको दरबन्दी रहेकामा हाल तीनै जना उप महानिर्देशक नियुक्त गरिएपछि विभागले पूर्णता प्राप्त गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)