साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ
ratopati.com · Sun Aug 17 18:08:00 GMT 2025

महोत्तरी। साउन अन्तिम साताको अनुकूल वर्षा भएसँगै महोत्तरीमा करिब ७५ रोपाइँ भएको छ । साउनको अन्तिम साता दिनहुँ जसो पानी परेपछि धमाधम रोपाइँ भई करिब तीन भाग जमिनमा धान खेती भएको हो । साउन दोस्रो सातासम्म करिब ३० प्रतिशत मात्र रोपाइँ भएकामा तेस्रो साता बित्दा लगभग ४५ प्रतिशत पुगेको र मसान्तसम्म करिब ७५ प्रतिशतको हाराहारी रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।
“साउनको पछिल्लो साता आकासे पानीले पनि साथ दियो, किसानले भूमिगत जलस्रोतका विकल्पलाई निकै उपयोग गरे, यसले रोपाइँ बढाउन मद्दत गर्यो” बाली विज्ञसमेत रहेका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो भन्छन्, “साउन सकिँदासकिँदै धान रोपाइँ ७५ प्रतिशतको हाराहारी पुग्यो ।” मधेसका अन्य जिल्लाको तुलनामा निकैपछि परेको महोत्तरीको धान रोपाइँले साउन तेस्रो साताको प्रारम्भदेखि नै गति लिएको हो । इनार, डिपबोरिङ र स्यालो ट्युबवेलबाट मोटर पम्प र पम्पसेटले पानी तानेर रोपाइँ गरिरहेका किसानलाई साउनको अन्त्यतिर लगातार परेको पानीले निकै राहत दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)