वर्षाल वाधा पुर्याएको खेलमा भारतविरुद्ध दक्षिण अफ्रीका विजयी
kalakarmi.com · Wed Dec 13 00:20:43 GMT 2023
पोर्ट एलिजाबेथ– दक्षिण अफ्रीकाको भ्रमणमा रहेको भारतीय टीमलाई पहिलो गाँसमा ढुंगा लागेको छ । भारतीय टीमले तीन खेलको टी२० श्रृंखलाको दोस्रो खेल पाँच विकेटले गुमाएको छ ।
श्रृंखलाको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । मंगलवार राति खेलिएको दोस्रो खेलमा भारत पराजित भएसंगै श्रृंखलामा दक्षिण अफ्रीकाले १–० को अग्रता कायम गरेको छ । श्रृंखलाको तेस्रो तथा अन्तिम खेल बिहीवार राति जोहानसबर्गमा खेलिँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)