मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुलले लगायो सिटीको अपराजित यात्रामा पूर्णविराम

ekantipur.com · Mon Oct 17 00:52:59 GMT 2022

काठमाडौँ — लिभरपुलले आफ्नो खराब लयलाई पन्छाउँदै इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । लिभरपुलको १–० जितमा मोहमद सलाहले निर्णायक गोल गरे ।

एनफिल्डमा भएको तनावपूर्ण खेलमा लिभरपुलका व्यवस्थापक योर्गन क्लोपलाई ‘सेन्ट अफ’ गरिएको थियो । सलाहले ७६ औं मिनेटमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई बहुमूल्य तीन अंक दिलाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)