इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा नदिएपछि इरानको आपत्ति
kendrabindu.com · Sun Jun 07 09:04:53 GMT 2026

तेहरान । इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशाज्ञा (भिसा) नदिइएको भन्दै अमेरिकी सरकारको कडा आलोचना गरेको छ ।
महासंघले आफ्नो आधिकारिक वक्तव्यमार्फत अमेरिकी कदमलाई खेलभावनाविपरीत, पूर्ण रूपमा राजनीतिक प्रेरित तथा अन्तर्राष्ट्रिय खेलकुद कानुनको मर्मविपरीत भएको जनाएको छ । महासंघका अनुसार राष्ट्रिय टोलीसँग सम्बन्धित व्यवस्थापकीय, प्राविधिक, प्रशासनिक तथा सहयोगी कर्मचारीहरू प्रतियोगिताको तयारीका लागि अत्यावश्यक रहेकाले उनीहरूलाई भिसा उपलब्ध गराइनु आवश्यक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
फिफा