ओलीको गुटबन्दीले छलाङ मार्यो : भीम रावल
baahrakhari.com · Sun Dec 12 17:08:00 GMT 2021
काठमाडौं । एमाले नेता भीम रावलले आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेको नेताहरूको कार्यविभाजनलाई लिएर असन्तुष्टि जनाएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीले छलाङ मारेको टिप्पणी गरेका छन् ।
"एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो । यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहम् तुष्टिको नमुना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ," उनले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)