एकै दिन ६१ जिल्लामा कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन
nayapatrikadaily.com · Sat Nov 20 00:38:00 GMT 2021
१४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शुक्रबार ६१ जिल्लामा कांग्रेसका प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी जिल्लामा कार्यतालिकाअनुसार अधिवेशन सुरु भएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य तेजबहादुर रावलले अधिवेशन सुरु भएका जिल्लामा निर्वाचन प्रक्रिया पनि सुरु भएको बताए । कतिपयमा मतदान भएर मतगणना सुरु भएको छ । ‘६१ जिल्लामा अधिवेशन सुरु भइसकेको जानकारी आएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन भएकामध्ये केहीमा निर्वाचन सम्पन्न भई मतपरिणाम आउने क्रममा रहेको र केहीमा जारी छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)