लेवनडोस्कीको डेब्यु लिग गोलमा बार्सिलोना विजयी
ekantipur.com · Mon Aug 22 00:23:57 GMT 2022
म्याड्रिड — रोबर्ट लेवनडोस्कीले गरेको पहिलो प्रतिस्पर्धात्मक गोलको मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल सोसिडाडलाई ४-१ को गोलान्तरले पराजित गरेको छ । उनको यो लिगमा डेब्यु गोल हो ।
नयाँ सिजनमा बार्सिलोनाको यो पहिलो लिग जित पनि हो । यसअघि बार्सिलोनाले रायो भाल्कानोविरुद्ध गोलरहित बराबरी खेलेको थियो । पोलिस स्ट्राइकरले ४७ औं सेकेन्डमा पहिलो गोल गरेपछि ६८ औं मिनेटमा दोस्रो गोल पनि थपे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)