नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै...
arthadabali.com · Mon Jul 27 16:52:09 GMT 2026

“धन्न, आजसम्म बाचेँ र यस्तो चमत्कार देख्न पाएँ ।” चन्द्रागिरि नगरपालिका–१ का ७९ वर्षीय इन्द्र पण्डितको यो अभिव्याक्तिले जो कोहीलाई भावुक बनाउँछ । सात दशकभन्दा लामो नेपालको विकास यात्राको साक्षी बनेका छन् पण्डित । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुङ्गा सुरुङमार्ग’ उद्घाटन समारोहमा सहभागी हुँदा उनको अनुहारमा देखिएको मुस्कानले विकासको बेग्लै सकारात्मक सन्देश प्रवाह गरेको देखिन्थ्यो ।
नवीनतम प्रविधिको प्रयोग, आधुनिकता र सडक यातायातले फड्को मारिरहेको हालको दुनियाँमा पण्डितलाई भने अझै पनि आफ्नो किशोर अवस्थाको यात्रा सम्झना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)