कोरला नाकाबाट पहिलो पटक जेइकोका ईभी नेपाल भित्रियो
ajakoartha.com · Sun Sep 21 07:00:00 GMT 2025

काठमाडौं- रसुवा र तातोपानी नाका बाढी र पहिरोका कारण अवरुद्ध भएपछि मुस्ताङको कोरला नाका सोमबारदेखि सञ्चालनमा आएको छ। यो नाकाबाट १०० बढी विद्युतीय सवारी आयात भईसकेका छन् भने हाल ती सवारी भन्सार कार्यालय न्हेचुङमा राखिएका छन्।
नाका सञ्चालनमा आएसँगै पहिलो पटक चीनबाट जेइको ब्रान्डका विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन्।
नेपालका लागि ओमोडा र जेइकोका आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सका अनुसार कोरला नाकाबाट भित्रिएका जेइको जे–५ र जे–६ इभी मुस्ताङबाट हिँडिसकेको छ। ती गाडीहरू दुई दिनभित्र काठमाडौं आइपुग्नेछन्।
यसअघि जेइको जे–६ नेपाली बजारमा उपलब्ध थियो। त्यस्तै, जेइको जे–५ पहिलो नाइमा मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक गरिएको थियो।
दसैंतिहारलाई लक्षित गर्दै एसपिजी अटोमोबाइल्सले ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ नामक अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत दुवै गाडीमा विशेष छुटको व्यवस्था गरिएको छ।
अफर अनुसार ६० लाख ९९ हजार रूपैयाँ पर्ने जेइको जे–५ अब ग्राहकले ५६ लाख ९९ हजार रूपैयाँमै पाउँने छन्। त्यस्तै, ६० लाख ९९ हजार रूपैयाँ पर्ने जेइको जे–६ छुटपछि ६५ लाख ९९ हजार रूपैयाँमा पाइने भएको छ।
यसका साथै ग्राहकले एक्सचेञ्ज बोनस, ७ किलोवाट क्षमताको वाल चार्जर र एक वर्षको निशुल्क इन्स्योरेन्स सुविधा पाइने छ।
यो अफर सीमित अवधिका लागि मात्रै लागु हुने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)