जिसस पाँचथरका प्रमुख र उपप्रमुखका गाडी जुधे
ekantipur.com · Wed Nov 01 16:47:23 GMT 2023
पाँचथर — जिल्ला समन्वय समिति पाँचथरका प्रमुख र उपप्रमुख चढ्ने गाडी आपसमा जुधेका छन् । जिसस प्रमुखको गाडीमा पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद वसन्तकुमार नेम्वाङ सवार थिए भने अर्को गाडीमा उपप्रमुख यामकुमार आङ्बो थिए ।
जिससबाट फिदिम-११ स्थित फेवादिन घर जान निस्केका आङ्बो चढेको गाडीले भारपाबाट फिदिम बजार हुँदै सरगम होटलतर्फ अगाडि बढेको गाडीसँग बुधबार साँझ जिल्ला प्रहरी कार्यालयको मूलगेट अगाडि जुधेका हुन् । आपसमा जुध्दा प्रमुख चढ्ने गाडीको हेटलाइट फुट्नका साथै अग्रभागमा आंशिक क्षति पुगेको छ । यस्तै उपप्रमुख चढ्ने गाडीका ढोकामा क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)