रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
baahrakhari.com · Sun Jun 07 09:10:00 GMT 2026

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मी जिल्ला सभापतिमा हरि श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ११८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी मानबहादुर घर्ती क्षेत्रीले ११३ मत ल्याएका निर्वाचन समितिले जनाएको छ ।
गुल्मी उपसभापतिमा प्रगति रानामगर १२७ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी निशेष श्रेष्ठले ९१ र भरत पोखरेलले १४ मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)