महोत्तरी जिससमा जसपा कांग्रेस गठबन्धन पराजित
ekagaj.com · Wed Jun 15 15:31:06 GMT 2022
महोत्तरी - जिल्ला समन्वय समिति महोत्तरीको निर्वाचनमा जसपा÷कांग्रेस गठबन्धनलाई पराजित गर्दै चार पक्षीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लोसपा, एमाले, तमलोपा र स्वतन्त्र समूह गरी चार पक्षीय गठबन्धनले जित हात पारेको हो । आज सम्पन्न मतदानको मतगणना परिणाम अहिले साँझ सार्वजनिक भएको हो ।
जम्मा ३० मतदातामध्ये लोसपाका उम्मेदवार सुमनकुमार लाल कर्णले १६ मत प्राप्त गरी प्रमुख पदमा जित हासिल गरे । उनका प्रतिस्पर्धी जसपाका कृष्णशंक्र साहले १४ मत प्राप्त गरे । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)