मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जोर–बिजोर प्रणाली भन्दै अत्यावश्यक ढुवानीमा अवरोध

ekantipur.com · Wed Jun 23 01:04:49 GMT 2021

काठमाडौँ — नेपाल डेरी फार्मस् एसोसिएसनका अध्यक्ष प्रदीपराज पन्तले निषेधाज्ञा सुरु भएयता दूध निर्बाध रूपमा ढुवानी गरिरहेका थिए । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै मगलबारदेखि जोर–बिजोर प्रणालीअनुसार सवारीसाधन चलाउन दिने निर्णय गरे ।

पसलहरू पनि बारअनुसार सञ्चालन गर्न दिने आदेश भयो । निषेधाज्ञा खुकुलो भएको दाबी गरिए पनि मगलबार पन्तको दूध बोकेको गाडीलाई बानेश्वरमा सुरक्षाकर्मीले एक घण्टा रोके । पन्तको मात्र होइन, अत्यावश्यक मानिएका खाद्य, दूध, तरकारीलगायत ढुवानीमा प्रयोग भएका अन्य सवारीसाधनलाई पनि जोर–बिजोर प्रणाली लागू हुने भन्दै ढुवानीमा अवरोध गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)