मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

reportersnepal.com · Wed May 25 16:03:07 GMT 2022

काठमाडौं, ११ जेठ । प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । आजै बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।

कम्पनीले बैशाख २२ गते प्रसाईलाई सिइओमा नियुक्तिको प्रस्ताव सहित बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको थियो । बीमा समितिले प्रसाईलाई सिइओमा नियुक्तका लागि अनुमति दिए सँगै सञ्चालक समितिले आजैदेखि कार्यान्वयन हुने गरी नियुक्त गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)