नेपाली खेलाडीको वरीयता खस्कियो
nayapatrikadaily.com · Thu Jul 06 00:39:00 GMT 2023
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय वरीयतामा पाँच नेपाली खेलाडीले पूर्ववत् वरीयता गुमाएका छन् । दुई खेलाडीले वरीयतामा सुधार गरेका छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, ललित राजवंशी र आसिफ शेखले वरीयता गुमाएका हुन् । नेपाली टोलीका पूर्वकप्तान सन्दीप लामिछाने र बलर करण केसीले वरीयतामा सुधार गरेका छन् ।
आइसिसीले जिम्बावेमा चलिरहेको एकदिवसीय विश्वकप ग्लोबल छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा वरीयतासँगै रेटिङ प्रदान गरेको हो । पहिलोपटक ग्लोबल छनोटमा पुगेको नेपाल सुपर सिक्ससम्म पुग्न सकेन । आयरल्यान्डसँग दुई विकेटले पराजित हुँदा नेपाल १० टोली सहभागी ग्लोबल छनोटमा आठौँ स्थानमा रह्यो । जिम्बावेमा बलर र ब्याट्सम्यानले स्तरीय प्रदर्शन गर्न नसक्दा नेपालले समूह ‘ए’मा चारमध्ये एक खेलमा जित निकाल्यो । समूह चरणमा नेपालले अमेरिकालाई हराएको थियो भने जिम्बावे, नेदरल्यान्ड र वेस्ट इन्डिजसँग पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)