कुलमानले देखाएको गडबड हिसावको पोल खुल्यो, विद्युत प्राधिकरण नाफा घट्यो
barnanmedia.com · Sun Aug 17 21:25:19 GMT 2025

कुलमान घिसिङ इन्जिनियर त हुन् नै त्योभन्दा बढी प्रचार रुचाउन पात्र हुन्। दुई कार्यकाल गरी सात वर्ष विद्युत प्राधिकरणको नेतृत्वमा रहे। तर, उनले जहिल्यै झुटो प्रचार गरिरहे। काठमाडौंलाई उज्यालोमा राखेर उनले देश नै लोडसेडिङ मुक्त भएको प्रचार गरे, गराए। अनि प्राधिकरण घाटामा हुँदा पनि नाफा देखाए। उठ्दै नउठेको वक्यौता, सरकारबाट लिएको ऋणको दायित्व लुकाएर उनले नाफा देखाइरहे। कतिसम्म भने सरकारले उनलाई गत चैतमा मात्र बर्खास्त गरेको हो। उनले अन्तिमसम्म पनि भनिरहे प्राधिकरण २५ अर्ब नाफामा छ।
तर, प्राधिकरणले ४०औं वार्षिकोत्सवमा आइतबार जारी गरेको वित्तीय विवरणले घिसिङको दाबी खारेज गरेको छ। स्मरण रहोस् यो गत आवको तथ्यांक हो, गत आवको १० महिना घिसिङ नै नेतृत्वमा थिए। हितेन्द्रदेव शाक्य गत चैत अन्तिममा मात्र प्राधिकरणमा आएका हुन्। गत आर्थिक वर्ष २०८१-८२ मा प्राधिकरणको नाफा ९ अर्ब ६ करोड ७० लाख मात्र छ। ०८०-८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो । सोको तुलनामा २०८१-८२ मा नाफा ३७.३२ प्रतिशतले घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)