मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५ महिनादेखि सडकमै : त्रिपालमुनि चिसोमा कठ्यांग्रिँदै बाढीपीडित

ekantipur.com · Fri Dec 24 01:01:06 GMT 2021

भजनी, कैलाली — कैलालीको भजनी–५ लालबोझीमा उनको घर थियो । उब्जाउ हुने खेतबारी थिए । नजिकै छरछिमेक र आफन्त हुँदा रमाइलो संसार थियो । गएको साउन ५ गते विपद्ले नलखेटेको भए उनी उसरी नै खुसीसाथ बसिरहेका हुन्थे । तर, सधैं शान्त रहने कान्द्रा नदी त्यस दिन सायद बौलाएको थियो । बाढी बोकेर त्यो लालबोझी गाउँ पस्यो, पूरै गाउँलाई डुबायो ।

‘हेर्दाहेर्दै हाम्रो घर र गाउँ बिलायो,’ ५० वर्षीय बमबहादुर डगौराले त्यो क्षण सम्झिए, ‘छिमेकी सब रातारात भागेर ओभानो ठाउँ खोज्दै ज्यान जोगाए, मैले पनि त्यसै गरें ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)