चुरेको दोहन र अव्यवस्थित विकासले मधेशमा पानीको हाहाकार : हातेकल सुक्न थाले
Ujyaaloonline.com · Thu May 16 23:04:44 UTC 2024

धनुषा – तराई–मधेशका जिल्लाहरूमा हातेकल सुक्न थालेपछि खानेपानीको हाहाकार हुन थालेको छ । तराई–मधेश क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो । चैतदेखि शुरु भएको चापाकल सुक्ने समस्या वैशाखसम्ममा विकराल बनेको छ ।
हातेकल सुक्ने समस्या पछिल्ला दिन बढ्दै गएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकालगायत पालिकाले धेरै सङ्कट देखिएका ठाउँमा ट्याङ्करबाट पानी बाँडिरहेका छन् । पर्याप्त पानी उपलब्ध हुने दक्षिणी क्षेत्रमा अहिले देखिएको समस्याको समाधान नभए विकराल परिस्थिति आउने स्थानीयको चिन्ता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)