कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिबिच विवाद चुलिँदो
ratopati.com · Wed Jan 03 00:27:00 GMT 2024
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको एकलौटी बहुमत छ । अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला अधिकारी तथा ७ मध्ये ५ वटा वडाध्यक्ष एमालेबाटै विजयी भएका छन् । कार्यपालिकामा पनि स्वतः एमालेको बहुमत छ । यद्यपि एमाले जनप्रतिनिधिबिच स्वार्थको टकरावले गाउँपालिका तहसनहसजस्तै भएको छ ।
केही दिनअगाडि बसेको कार्यपालिका बैठकमा पालिकाका उपाध्यक्ष भोला अधिकारी र पालिकाका प्रवक्ता तथा २ नम्बर वडाका वडाध्यक्ष सुशील बुढाथोकीबिच चर्को विवाद भयो । विवादकै बिच उपाध्यक्ष अधिकारीले एउटा टेबुल तोडफोडसमेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)