मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिगो जम्मा गर्दा पनि थुनामुक्त हुन नदिनु रविप्रति घोर अन्याय

barnanmedia.com · Sun Aug 17 22:06:47 GMT 2025

देशका मूल धारका ठूला दलका लागि रवि लामिछाने सबैभन्दा ठूलो टाउको दुखाइ भएका छन् । मिसन चौरासी भन्दै रविले आफ्नो सम्पूर्ण शक्ति आउँदो आम निर्वाचनकेन्द्रित गरेपछि नेपाली कांग्रेस र नेकपा एमाले मात्र होइन, ३२ सिटको म्याजिक नम्बर चलाइरहेको माओवादीका निम्ति समेत अस्तित्वको लडाइँ बन्न पुग्यो । त्यसैले यी तीनवटै दल रविलाई ठाडो उठ्न नसक्ने गरी सम्पूर्ण शक्तिका साथ दबाउन लागिपरेका छन् ।

हो, रविमाथि सहकारीबाट अपचलन गरी ल्याएको रकम ठगी गरेको आरोप लागेको छ । सहकारीका बचतकर्ताको रकम डुब्न दिनुहुँदैन र उनीहरुलाई सबैभन्दा पहिला न्याय चाहिएको छ भन्ने पनि स्पष्ट छ । तर रविलाई थुनेर सहकारीपीडितले रकम पाउँदैनन् भन्ने पनि झनै छर्लंग छ । पोखराको सूर्यदर्शनदेखि काठमाडौँको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, चितवनको सहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम ठगी प्रकरणका मास्टरमान्ड जीबी राई हुन् । उनी अहिले फरार छन् । संसारका कुनाकाप्चाबाट अनेकथरी अभियुक्तलाई छिनभरमा काठमाडौँ ओराल्न सक्ने प्रहरीले मलेसिया गएका जीबी राईलाई फर्काउन सकेको छैन । यसमा प्रहरीको सक्षमताभन्दा पनि राज्यको इच्छाशक्ति मुख्य जिम्मेवार देखिँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)