टिम चेसको फाइनलमा दोलखा र भक्तपुर
ekantipur.com · Fri Jan 12 17:55:18 GMT 2024
काठमाडौँ — छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि दोलखा चेस होम नेपालले भक्तपुर जिल्ला बुद्धिचाल संघविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबार नकआउट चरणको पहिलो खेलमा दोलखाले मकवानपुर जिल्ला बुद्धिचाल संघलाई हराएर फाइनलमा स्थान बनायो । दोलखाले २.५– १.५ अंकको जित पायो । वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल र कृष्ण थापाबीचको खेल बराबरीमा टुंगियो । सुश्रुत दाहाल सिन्देश्वर दाससँग हारे भने मुहान नर्सिङ श्रेष्ठले सुदेन तुइतुइमाथि र सुजना लोहनीले अनुस्का गौतममाथि पाएर फाइनलमा पुर्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)