मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एन्टिमाइक्रोबियल प्रतिरोध किन ?

rajdhanidaily.com · Thu Nov 23 23:28:05 GMT 2023

विश्व एन्टिमाइक्रोबियल प्रतिरोध जागरूकता सप्ताह यस वर्षको १८ देखि २४ नोभेम्बरसम्म हुनेछ । एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर)लाई सबैभन्दा ठूलो विश्वव्यापी स्वास्थ्य खतराका रूपमा लिइन्छ । एन्टिमाइक्रोबियल प्रतिरोध एक मौन र बिस्तारै आइरहने महामारी हो । यसको पछाडिको कारण एन्टिबायोटिक्स र एन्टिभाइरलजस्ता एन्टिमाइक्रोबियल एजेन्टविरुद्ध प्रतिरक्षा संयन्त्रहरू विकास गर्ने सूक्ष्म जीवहरूको क्षमता हो । यस प्रक्रियाको परिणामस्वरूप एन्टिमाइक्रोबियल कम प्रभावकारी हुन्छन् अनि संक्रमणहरूको उपचार गर्न गाह्रो हुन्छ । यो विशेषगरी कमजोर प्रतिरक्षा प्रणाली भएका बिरामीहरूका लागि खतरनाक हुन्छ । यसको उच्च जोखिममा क्यान्सरसँग लडिरहेका वा शल्यक्रिया गराइरहेका मानिस परिरहेका हुन्छन् ।

आजको दिनमा एन्टिमाइक्रोबियल प्रतिरोध मानवताका लागि सबैभन्दा ठूलो विश्वव्यापी स्वास्थ्य खतरामध्ये एक हुन आएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) का अनुसार, यदि हामीले सही कदमहरू चालेनौं भने एन्टिमाइक्रोबियल प्रतिरोधले अर्काे दशकमा २४ मिलियन मानिसहरूलाई चरम गरिबीमा धकेल्नसक्छ र ट्रिलियन डलरको सिंगो घरेलु उत्पादनलाई नष्ट गर्नसक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)