देशको स्वाभिमानको रक्षा अहिलेको आवश्यकता हो : अध्यक्ष ओली
gorkhapatraonline.com · Thu Jan 29 17:33:09 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशविरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य हुने बताउनुहुँदै देशको स्वाभिमानको रक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
आगामी निर्वाचनमा घोषणापत्र तयारीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा विज्ञहरुसँग सुझाव लिने क्रममा बिहीबार अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले राष्ट्रियता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने भन्दै त्यसको प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा हुने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)