मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा गाजा युद्ध अन्त्य र बन्धकहरूको रिहाइको माग गर्दै प्रदर्शन

ratopati.com · Sun Aug 17 22:35:00 GMT 2025

काठमाडौँ । इजरायलमा लाखाैँ मानिसहरूले गाजा युद्धको अन्त्य र हमासले राखेका बन्धकहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्। सबैभन्दा ठुलो भिड तेल अविभको ‘होस्टेज स्क्वायर’मा देखियो। प्रदर्शनकारीहरूले सरकारको गाजा सिटी नियन्त्रण गर्ने योजनाले करिब २० जना बन्धकको जीवन जोखिममा पार्ने चेतावनी दिएका छन्।

प्रदर्शनको हिस्सा स्वरूप आइतबार एक दिने राष्ट्रिय हडताल गरिएको थियो, जसले सडक, कार्यालय र विश्वविद्यालय बन्द गरायो। दिनभर करिब ४० जना पक्राउ परेका छन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रदर्शनको आलोचना गर्दै आन्दोलनले हमासको अडान बलियो बनाउने र बन्धकको रिहाइ ढिलो बनाउने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)