श्री राधाकृष्ण रथयात्राको क्रममा शंकास्पद गतिविधि गर्ने करिब ३० जना पक्राउ
barnanmedia.com · Sun Aug 17 22:36:04 GMT 2025

विराटनगरमा आज निकालिएको ऐतिहासिक श्री राधाकृष्ण रथयात्राको क्रममा शंकास्पद गतिविधि गर्ने करिब ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ प्रहरीले रथयात्रा परिक्रमा मार्ग वरपर निगरानीका क्रममा उछृङ्खल गतिविधि गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। दिउँसो तुलनात्मक रूपमा शान्त रहेको भएपनि साँझतिर भीड बढेसँगै उछृङ्खल गतिविधि बढेपछि नियन्त्रण कार्य तीव्र भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)