ठाउँ–ठाउँमा मनाइयो नेपाल संवतको नयाँ वर्ष ११४३
ratopati.com
चान्द्र मासअनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवतको नयाँ वर्ष ११४३ आज विभिन्न कार्यक्रम गरी विभिन्न ठाउँमा मनाइएको छ ।
राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना र्याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मौलिक वेषभूषासहित सांस्कृतिक झाँकी युक्त शुभकामना र्याली निकालिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)