गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
deshsanchar.com · Sat Sep 14 17:01:14 UTC 2024

सिमकोट – सिमकोट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ। विश्व प्राथमिक उपचार सेवा दिवसको अवसर पारी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले गाउँपालिकालाई सहयोग उपलब्ध गराएको हो।
सिमकोट गाउँपालिकाका दुई वटा स्वास्थ्य चौकी ठेहे र डाँडाफया स्वास्थ्य चौकीमा प्रदान गर्ने गरी दुई वटा अक्सिजन कन्सन्ट्रेटर सिमकोट गाउँपालिकाले सहयोग गरिएको रेडक्रस सोसाईटी हुम्ला शाखाका सभापति गणेश महतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)