मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आन्तरिक वायुसेवाले एयरको रिट खारेज, आन्तरिक वायुसेवाले काठमाडौं बाहिर जहाज राख्नुपर्ने

barnanmedia.com · Thu Jul 17 21:49:26 GMT 2025

आन्तरिक वायुसेवाले काठमाडौं बाहिर जहाज राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निर्णय कार्यान्वायनमा बाटो खुलेको छ । त्यसविरुद्ध परेको रिटलाई अदालतले खारेज गरेसँगै प्राधिकरणलाई आफ्नो निर्णय कार्यान्वायन गराउन सहज भएको हो ।

प्राधिकरणले २०७९ असार ५ गते यससम्बन्धि निर्णय गरेको थियो । क्यानको सो निर्णयमा चित्त नबुझाएर वायुसेवा सञ्चालक संघका तत्कालीन अध्यक्ष तथा सिम्रिक एयर हेलिकप्टरका सञ्चालक रामेश्वर थापाले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनले प्राधिकरणको निर्णय खारेजीको माग गरेका भए पनि सर्वोच्चले प्राधिकरणलाई उक्त निर्णय कार्यान्वयन नगर्न तत्कालै अन्तरिम आदेश दिएको थियो । बुधबार सर्वाेच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेज गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)