वाणिज्य बैंकहरूको नाफा साढे ११ प्रतिशतले बढ्यो
baahrakhari.com · Thu Jan 29 17:49:00 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८२ को पुस मसान्तसम्ममा नेपालका वाणिज्य बैंकहरूको समग्र खुद नाफामा सुधार देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका बैंकहरूले कुल ३० अर्ब ५९ करोड ३९ लाख सात हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो ।
गत वर्ष पुस मसान्तसम्म बैंकहरूको कुल नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको थियो । सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरूको तथ्यांकअनुसार नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा पहिलो स्थानमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)