स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्न आवश्यक: सचिव देवकोटा
hamrakura.com · Sun Jun 07 00:00:00 GMT 2026
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सुधार गर्नका लागि ऐन नै संशोधन गरेर अघि बढ्नुपर्ने बताएका छन्। आइतवार मन्त्रालयमा आयोजित सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
सचिव देवकोटाले स्वास्थ्य बीमा क्षेत्रमा सर्वसाधारणका तर्फबाट देखिएका र सुनिएका गुनासोहरूलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने अवस्था आइसकेको तर्फ जोड दिए। मिडियामा आएका विषय र मन्त्रालयले हालै गरेका निर्णयहरूका आधारमा कतिपय सुधारका कामहरू तुरुन्तै अगाडि बढाउनुपर्ने र यसका लागि नीतिगत स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो। आगामी साउन १ गतेदेखि नै कसरी क्याबिनेट (मन्त्रिपरिषद्) मा प्रस्ताव लगेर यसलाई व्यवस्थित रूपमा अगाडि बढाउने भन्नेबारे आफूले गृहकार्य गरिरहेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)