मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१०६ मेगावाटको जगदुल्लामा जुट्यो वित्तीय स्रोत

ekantipur.com · Fri May 17 00:11:46 UTC 2024

काठमाडौँ — डोल्पामा निर्माणको चरणमा रहेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनालाई आर्थिक स्रोत सुनिश्चित भएको छ । आयोजनामा नबिल बैंकको नेतृत्वमा अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । विद्युत् आयोजनाका प्रवर्द्धक जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र नबिल बैंकले बुधबार ऋण सम्झौता गरे ।

साथै नबिलले नेतृत्व गरेका अन्य बैंक तथा वित्तीय संस्थाहरूबीच पनि सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरणको नेपालको पानी जनताको लागनी भन्ने नाराअन्तर्गत कर्णालीको जगदुल्ला नदीमा बन्न लागेको उक्त आयोजना नेपाली नागरिक मात्रको लगानीमा पहिलो पटक बन्न लागेको दाबी गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)