इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण
ratopati.com · Sat Sep 14 17:27:00 UTC 2024

तेहरान । लामो समयदेखि पश्चिमा आलोचना खेप्दै आएको एयरोस्पेस कार्यक्रमका लागि इरानले शनिबार नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । “चाम्रन–१ अनुसन्धान उपग्रहलाई गाएम–१०० रकेटले सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको छ,” राष्ट्रिय टेलिभिजनले जनाएको छ ।
करिब ६० किलोग्राम (१३२ पाउण्ड) तौल भएको उक्त स्याटेलाइटलाई कक्षीय प्रविधिका लागि हार्डवेयर र सफ्टवेयर प्रणालीको परीक्षण गर्न डिजाइन गरिएको समाचारमा जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)