सुध्रिँदै रवि–गगन सम्बन्ध, नयाँ राजनीतिक कोर्ष शुरु !
news24nepal.tv · Sun Sep 27 14:30:50 GMT 2026

काठमाडौँ । २०७९ सालको आम निर्वाचन पछिको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा रवि लामिछाने गृहमन्त्री बने । पहिलो निर्वाचनमै रास्वपालाई तेस्रो ठूलो दलको हैसियत बनाएका रविले दुई पटकसम्म गृहमन्त्री बन्ने अवसर पाएका थिए । तर यो बखत तत्कालीन सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच सँधै टकराव चलिरह्यो । जुन टकरावको प्रमुख कारक थिए, रवि लामिछाने नै । रविको दोहोरो नागरिकता प्रकरण तथा सहकारी ठगी प्रकरणमा संलग्नता रहेको विषयकै कारण काँग्रेस र तत्कालीन गृहमन्त्री रविबीच सदन र सडकमा चरम संघर्ष चल्यो । उक्त बखत काँग्रेसको तर्फबाट प्रमुख रुपमा गगन थापाले रविलाई सहकारी प्रकरणमा गहन आरोप लगाइरहे ।
तर रवि भने गगनको आरोपलाई सँधै खण्डन गर्दै आइरहे । तत्कालीन सहकारीको मुद्धाकै कारण रवि र गगनबीच पानी बाराबारको स्थिति भयो । यसपछि सत्ता समीकरण बदलिदै आँउँदा काँग्रेस र एमालेले नै नयाँ सरकार गठन गरे । तर यो गठबन्धनको सरकार पनि लामो समय टिकेन । फलतः जेनजी आन्दोलनका कारण काँग्रेस एमालेको सरकार ढल्यो । यसपछि नेपालको राजनीतिक कोर्ष नै फेरिएको छ । दोस्रो विशेष महाधिवेशनपछि काँग्रेसको नेतृत्वमा गगन थापा आए भने, उता रास्वपाले पनि फागुन २१ को निर्वाचनमा झण्डै दुई तिहाईँको मत प्राप्त गर्दै सरकार हाँकी रहेको छ । यसपछिको राजनीतिक स्थितिमा गगन र रविको सम्बन्ध पनि सुध्रिदै गएको देखिन्छ । पछिल्लो समय हेर्ने हो भने, रवि र गगनको सम्बन्ध उच्चतम र विशिष्टकृत नै देखिन्छ । रविले बोलाएको हरेक कार्यक्रममा गगन पुग्छन्, गगनले बैठकमा राखेका हरेक मुद्धा पनि रविले गम्भीरतापूर्वक सुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)