सिंगापुरविरुद्ध सेमिफाइनल खेल्दै नेपाल
ekantipur.com · Mon Jul 03 00:27:56 GMT 2023
काठमाडौँ — नेपालले एसीसी यू–१६ इस्ट जोन क्रिकेटको सेमिफाइनलमा सोमबार सिंगापुरको सामना गर्नेछ । मलेसियामा भइरहेको प्रतियोगितामा दाबेदार नेपालले समूह चरणको खेलमा थाइल्यान्ड र मलेसियालाई सजिलै हराएको थियो । नेपाल समूह ‘ए’ विजेता बनेर अगाडि बढेको हो ।
समूह चरणको अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएपछि सिंगापुर समूह ‘बी’ को उपविजेता बनेको थियो । पहिलो दुई खेलमा सिंगापुरले माल्दिभ्सलाई २ सय ४५ रनले र इन्डोनेसियालाई १ सय ३४ रनले हराएको थियो । माल्दिभ्सविरुद्ध ३१ ओभरमा छोट्याइएको खेलमा सिंगापुरले ३ विकेट गुमाई २ सय ७९ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)