मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना (तस्वीरहरू)

shilapatra.com · Sun Jun 07 09:19:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाका नेता तथा कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएका छन् । जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई पार्टी नेतृत्वले मान्यता नदिएको आरोप लगाउँदै उनीहरू विराेधमा उत्रिएका हुन् ।

धर्नामा सहभागी नेता–कार्यकर्ताहरूले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित नेतृत्वमाथि अन्याय भएको दाबी गर्दै पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

उनीहरूले जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको वैधानिकता स्वीकार गरी तत्काल जिम्मेवारी हस्तान्तरण गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले पार्टी विधान र संगठनात्मक प्रक्रियाको सम्मान गर्नुपर्ने भन्दै निर्वाचित नेतृत्वलाई बेवास्ता गर्नु पार्टीको आन्तरिक लोकतन्त्रविपरीत भएको बताएका छन् ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३

१५:०४

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)