मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पार्करका अन्तर्राष्ट्रिय नेपाली खेलाडीकाे संघर्षपूर्ण यात्रा : बालुवाको थुप्राेदेखि विश्वकीर्तिमानीसम्म (भिडियाेसहित)

shilapatra.com · Sat Jan 14 00:55:00 GMT 2023

नेपालमा खासै महत्त्व नबुझिएको खेलमा हालै मात्र एक नेपाली युवाले १२औँ विश्वकीर्तिमान राखे । जोखिमपूर्ण मानिने पार्कर खेलमा खोटाङका ३१ वर्षे दिनेश सुनारले १२औँ विश्वकीर्तिमान राखेर संसारलाई देखाइदिए, कला र साहसलाई भूगोलले रोक्न सक्दैन भनेर । पार्कर, जिम्न्यास्टिक र मार्सल आर्ट विधाका खेलमा यसअघि ११ पल्टसम्म विश्वकीर्तिमान राखिसकेका दिनेशले अहिले ३० सेकेन्डमा सबैभन्दा धेरै 'वेबस्टर फ्रन्ट फ्लिप' गरेका हुन् । नेपालका अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश अहिले अमेरिकामा बसेर देशका लागि खेलिरहेका छन् ।

याे मुकामसम्म आइपुग्न दिनेशले संघर्षकाे ठूलै पहाड छिचाेलेका छन् । उनी खोटाङको राजापानीमा जन्मिएका हुन् । गाउँमा उनका आमाबुबा खेतीकिसानी गर्थे । केही कमाइ हाेला कि भनेर काठमाडाैं बसेर गार्मेन्टमा मजदुरी पनि गरे । तर, याे कामले पेट पाल्न मुस्किल परेपछि दिनेशका बुबा विदेशिए । त्यसपछि आमासँग उनी गाउँ फर्किए । 'काठमाडाैंमा म ७ कक्षासम्म पढ्न पाएँ', उनी सम्झिन्छन् । छरिताे शरीरका उनी काठमाडाैंमा हुँदा खाेला किनारका बालुवा र डाँडा चहारेर उफ्रिन्थे । अलिक अग्लो स्थान र बालुवा देख्नै नहुने, अभ्यास गर्न थालिहाल्थे । गाउँ गएपछि पनि उनले 'स्टन्ट' देखाउन छाेडेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)