नेम्बाङको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने
ekantipur.com · Tue Sep 12 00:10:54 GMT 2023
काठमाडौँ — एमाले उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्बाङको सोमबार राती निधन भएको थियो ।
एमाले उपमहासचिव विष्णु रिमालका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुर्याइने छ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ । नेेम्बाङका दुई छोरा विदेशमा रहेकाले उनीहरु आएपछि मात्र अन्त्येष्टी गरिनेछ । बालुवाटारस्थित निवासमै समस्या भएपछि सोमबार राती उनलाई अस्पताल लगिएको थियो । अस्पताल पुग्दा उनको निधन भइसकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)