मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल बिल्डकनको एघारौं संस्करण माघ २२ देखि भृकुटीमण्डपमा हुने

nagariknews.nagariknetwork.com · Wed Jan 28 12:07:03 GMT 2026

नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्धेश्यले विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकनको एघारौं संस्करण यहि माघ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

राष्ट्रको पहिलो र एक मात्र निर्माण क्षेत्र सँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यो संस्करणमा ३ सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु सहभागी हुने भएका छन् । २ सय भन्दा धेरै स्टल रहने उक्त प्रदर्शनीमा आफ्ना बस्तु तथा सेवाहरु उपभोक्तामाझ प्रदर्शन गर्न पाउँदा सहभागीता जनाउँने व्यवसायी तथा उद्यमी पनि निकै उत्साहित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)