एकै दिन करिब ९ लाखले लगाए कोरोनाविरुद्ध खोप
nepallive.com · Tue Feb 22 00:17:00 GMT 2022
काठमाडौं– सोमबार आठ लाख ७३ हजार भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सोमबार देशभर आठ लाख ७३ हजार ४३८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन्।
योसँगै खोप अभियान सुरु भएदेखि अहिलसम्म तीन करोड ७७ लाख ५५ हजार ४२७ मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ। जसमध्ये एक करोड ८३ लाख ६५ हजार ६५२ जनाले एक मात्रा र एक करोड ८४ लाख ९७ हजार ६८९ जनाले पूर्णमात्रा र नौ लाख छ हजार ५३३ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)