सर्पले डस्दा एकजनाको मृत्यु
thahakhabar.com
बैतडी : विषालु सर्पले डस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-२ डाँगाटोलकी २५ वर्षीया निर्मला लुहार रहेकी बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
भैंसीलाई घाँस हाल्न गोठमा गएकी निर्मलाको टाउकोमा सर्पले टोकेको थियो। सर्पले टोकेको केही बेरपछि निर्मलाको मृत्यु भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)