कल्याणी खड्का : युद्धकालमा माओवादीबाट अपहरणमा परिन्, अहिले उसैको बलमा बनिन् मन्त्री
ratopati.com · Thu Aug 27 12:52:09 GMT 2026

सुर्खेत। कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्कालाई मन्त्री बनौँला भन्ने लागेकै थिएन । उनी जुन दलबाट सांसद बनेकी थिइन्, उक्त दल साबिककै अवस्थामा रहेको भए सरकारमा सहभागी हुने कुनै सम्भावना थिएन। २०७९ को प्रदेश सभा चुनावका बेला तत्कालीन नेकपा एकीकृत समाजवादीबाट उनी समानुपातिक सांसद चयन भएकी थिएन् । कर्णाली प्रदेश सभामा उक्त दलबाट उनी एकमात्रै सांसद हुन् ।
बिचमा तत्कालीन नेकपा माओवादी र एकीकृत समाजवादीबिच एकता भयो र नेपाली कम्युनिस्ट पार्टी अस्तित्वमा आयो । त्यससँगै खड्का प्रदेश सभाको प्रदेश मामिला समिति सभापति पनि बनिन् । प्रदेश सभामा साबिक माओवादीका १३ सांसद थिए । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्मा पार्टी एकतामा सहभागी भएनन् । एकतापछि खड्कासहित नेपाली कम्युनिस्ट पार्टीको सिट संख्या अहिले १३ मै सीमित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)