सार्वजनिक खरिद ऐनमा भएको संसोधन विरुद्ध सर्वाेच्चमा रिट दर्ता
barnanmedia.com · Mon Jul 27 21:51:28 GMT 2026

पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न नपर्नेगरी सार्वजनिक खरिद ऐन २०६३ मा भएको संसोधनले असंवैधानिक तवरले पत्रिकामा पूर्व प्रतिबन्ध लगाएको भन्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ताद्धय अनन्तराज लुईंटेल र रामप्रसाद पुडासैनीले सो निवेदन सोमबार दर्ता गराएका हुन । सो निवेदन यसअघि जारी भएको सार्वजनिक खरिद अध्यादेश विरुद्ध जेठ १२ मा दायर भएको रिट निवेदनको पुरकको रुपमा दर्ता भएको अधिवक्ता लुईंटेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)