बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
barnanmedia.com · Thu Jan 29 20:15:01 GMT 2026

बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउन व्यापक रणनीतिक साझेदारीको आवश्यकता औँल्याएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रत्यक्ष रूपमा नलिइए पनि विश्व व्यवस्थामा आएको उतारचढाव दुवै नेताको छलफलको केन्द्रमा रहेको देखिएको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा जलवायु परिवर्तन र विश्वव्यापी स्थिरताजस्ता चुनौतीपूर्ण विषयमा सहकार्य गर्दै सम्बन्धलाई मजबुत बनाउनु आवश्यक रहेको बताउनुभयो । दुवै नेताबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेट भएको हो । बेलायत–चीन सम्बन्ध पछिल्ला वर्षहरूमा जासुसी आरोप, युक्रेन युद्धमा रुसप्रति चीनको समर्थन र हङकङमा स्वतन्त्रतामाथि लगाइएको नियन्त्रणका कारण तनावग्रस्त बनेको थियो । आठ वर्षपछि चीन भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री स्टार्मर नै हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)